काठमाडौँ । सगरमाथा लोकमार्गको जग्गा ठगी गरी बिक्री गरेको कसुरमा जिल्ला अदालत उदयपुरले उल्टो साइकलयात्री विरेश दाहालसहित ४ जनालाई जरिवानासहित कैद सजायको फैसला गरेको छ।
जिल्ला न्यायाधीश मनोज केसीको एकल इजलासले उनीसहित शिवप्रसाद दाहाल, दीपेन्द्र चौधरी र वुद्धिप्रसाद दाहाललाई कैदसहित जरिवाना फैसला गरेको हो।
एक वर्ष ६ महिना कैद सजाय पाएका विरेश अझै पनि फरार रहेका छन्। उनीहरुले लोकमार्गको सडक बिक्री गरेको अदालतको ठहर छ। आजको राजधानी दैनिकले खबर छापेको छ।