पूर्व युवराज पारसलाई सोनिकाले विवाहको प्रस्ताव राखेपछि…

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १२ : १९


काठमाडौं। पूर्व युवराज पारस शाह आलोचनामा आइरहने पात्र हुन्।

पछिल्लो समय काठमाडौं महाराजगंजमा हेल्मेट नलगाई उनी साँझ बाइक चलाइरहँदा पक्राउ परेका थिए।

सो क्रममा उनलाई प्रहरीले चिन्न सकेन र हात बेस्सरी पक्रिएर थुनामा हाल्ने चेतावनी दिएको थियो। यद्यपी केहीबेरमै उनका समर्थक सडकमा देखा परेपछि उनलाई त्यसबेला छाडिएको थियो।

उनले त्यसबेला भनेका थिए,‘हार्ले डेभिडसन बाइक चलाउनेले हेल्मेट लगाउँदैन।’

त्यसबाहेक उनी प्रहरीलाई कुटपिट गरेर चर्चामा आए त कहिले लागुऔषध काण्डमा मुछिएका थिए। यसअघि उनी थाइल्याण्डकी युवतीसँगको प्रेममा रहेको पनि समाचारहरु आएका थिए।

उनी युट्युबर सोनिका रोकायासँगको प्रेममा रहेको पनि समाचारहरु बनेका थिए। पोखराका विभिन्न ठाउँमा सँगै देखिएपछि यस्तो चर्चा चलेको थियो।

पारसलाई सोनिकाको विवाह प्रस्ताव…
दुई वर्ष अगाडि सोनिकाले आफ्नो युट्युब च्यानलमा आफूले पूर्व युवराज पारस शाहलाई विवाहको प्रस्ताव राखेको बताएका थिए। सो भिडिओ अझै युट्युबमै छ।

आफू र पारसको प्रेमबारे चर्चा चुलिएका बेला उनले पारससँग विवाह गर्न खोजेका थिए। तर पारसले उनको प्रस्ताव अस्वीकार गरेको भिडिओमा जनाइएको छ।

सोनिकाका अनुसार पारसले उनलाई बहिनी–चेलीको रुपमा मात्र हेरेका थिए। पारसबाट आफूले जीवनमा ठूलो ज्ञान पाएको पनि उनको भनाइ छ।

पारसले विवाहको प्रस्ताव अस्वीकार गर्दा आफूलाई आत्महत्या गर्ने सोच आएको पनि उनको भनाइ छ। उनी भन्छिन्,‘मैले आत्महत्या गर्न फ्यानमा झुन्डिएको थिए। तर बाँचे।’

उनले आफ्नो युट्युबमा राजतन्त्रको वकालत गर्ने गरेकी छिन्।

 भिडिओ


प्रतिक्रिया दिनुहोस्