नाइजेरियामा डाकाहरुमाथि गरिनुपर्ने हवाई कारवाही चुक्दा सात बालबालिकाको मृत्यु

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ११ : ५१


नाइजर। नाइजेरियामा सेनाको कारवाहीमा सात बालबालिकाको मृत्यु भएको छ।

एएफपीका अनुसार हतियारसहितका डाकाहरुलाई सेनाले हवाई कारवाही गरेका थिए। तर सो आक्रमणमा बालबालिकामा परेपछि सात बालबालिकाको मृत्यु हुँदा अन्य पाँच घाइते भएका छन्।

स्थानीय गभर्नर चाइबाउ अबाउबकरका अनुसार चार बालबालिकको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य तीन जनाले अस्पताल लैजादै गर्दा प्राण त्यागे।

सीमा क्षेत्रमा गरिनुपर्ने आक्रमण नाचडे भन्ने क्षेत्रमा खसेपछि मैदानमा खेलिरहेका बालबालिका तित्तरबित्तर भएका थिए।

नाइजर र नाइजेरियाले हतियारधारी समूहविरुद्ध संयुक्त रुपमा आक्रमण गर्दै आएका छन्। सेनाले अपहरणकारी र डाकुहरुको निगरानी गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्