काठमाडौँ । तेस्रो मुलुकसँग व्यापार तथा पारवहनमा पहुँच विस्तार गर्न नेपालको राष्ट्रिय झण्डासहितको पानीजहाज सञ्चालन गर्न भारतसँग सहमति भएको छ।
राजधानीमा बुधबार सम्पन्न नेपाल भारत पारवहन सन्धि पुनरावलोकन द्धिपक्षीय बैठकमा यस्तो सहमति भएको हो ।
नेपाली झण्डासहितको पानीजहाज सञ्चालनपछि आयात निर्यातमा नेपालको पहिचान झल्किने विश्वास गरिएको छ।
नेपालको पारवहन तथा आन्तरिक जलमार्ग उपयोग गर्न नेपाल भारत पारवहन सन्धि प्रोटोकलमा जलमार्ग एवम् बहुविधिक रुट दुवानी प्रक्रिया र व्यवस्था तथा भन्सार सहजीकरण सहमति भएको हो । आजको राजधानी दैनिकले खबर छापेको छ।