एनआईसी एशिया बैंकले घातक रोग बीमा अन्तर्गत दश लाख बीमा भुक्तानी गर्यो 

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ११ : २४


काठामाण्डौं। एनआईसी एशिया बैंकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजना अन्तर्गत काठमाडौंका ३६ वर्षीय श्याम प्रसाद पन्तलाई १० लाख बराबरको घातक रोग बीमा रकम भुक्तानी गरेको छ।

पन्तले काठमाडौंस्थित बत्तीसपुतली शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत योजना अन्तर्गतको ‘डायमण्ड श्रेणी’ को खाता खोलेका थिए।

बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले दिएको जानकारी अनुसार बैंकको बीम सहितको बचत खाताअन्तर्गत देशभरका ७०० जना भन्दा बढीले बीमा वापत ४ करोड ३० लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस्