१८ वटा बैँक शंकाको घेरामा

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहिबार  २ : ०७


काठमाडौँ । प्रहरीले विभिन्न बैंकमा खाता रहेका व्यक्तिको कागजात चोरी गरी नक्कली चेक बनाएर हस्ताक्षरसमेत उस्तै नै कायम गरी पैसा चोर्ने ६ जनालाई पक्राउ गरेपछि सो प्रकरणमा बैंकका कर्मचरीमाथि समेत अनुसन्धान हुने भएको छ ।
 
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख तथा एसएसपी उत्तमराज सुवेदीले बैंकका तर्फबाट पैसा चोरी भएका खातावालाको गुनासोपछि प्रहरीले रकम चोरी गर्ने समूहलाई नै पक्राउ गरेको बताउनुभयो।

प्रहरीका अनुसार बातविक खातावालको नागरिकतासहित सक्कली कागजात चोरी गरेर चेकबुक हराएको भन्दै नयाँ चेकबुक बनाएर हस्ताक्षर समेत चोरी गरेर बैंकबाट पैसा चोरी भएको हो । 

पैसा चोरी भएको विषयमा जनता बैंक, एनआईसी एशिया तथा मुक्तिनाथ विकास बैंकका कर्मचरी समेतलाई अनुसन्धानको दायरामा ल्याइएको बताउनुभयो । यस्तै १८ वटा बैंकलाई प्रहरीले शंकाको घेरामा राखेको छ। आजको राजधानी दैनिकले खबर छापेको छ। 


प्रतिक्रिया दिनुहोस्