जसले ४२ वर्षदेखि रोगलाई जित्दै आए

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहिबार  २ : ०६


काठमाडौँ । हालैको एक साँझ प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीकै अर्का अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहितका नेतासँग बालुवाटार निवासको बगैंचामा टहलिरहनुभएको थियो।

उहाँले त्यहाँ आफैंले रोपेको पिपलको बिरुवा सुकेको देख्नुभयो । अनि तत्कालै भन्नुभयो, ‘पिपलको मिर्गौलाले काम गरेनछ, सुकिहाल्यो । मैले राम्ररी स्याहार पाएकाले यस्तो हट्टाकट्टा छु ।’ यो त्यतिखेरको कुरा हो जतिबेला ओलीको स्वास्थ्यबारे बालुवाटार बाहिर अलि धेरै टीकाटिप्पणी भइरहेको थियो ।

स्वास्थ्यप्रतिको उहाँको यो आत्मविश्वास अहिले अस्पतालको आईसीयूमा पनि उस्तै छ। सायद यही विश्वासका कारण उहाँले मंगलबार राति आफूलाई लगाइदिएको अक्सिजन माक्सलाई देखाउँदै डाक्टरसँग भन्नुभयो, ‘यो कहिले निकाल्ने हो ?’

त्यसको केही घण्टापछि बुधबार बिहानै उहाँलाई लगाइएको अक्सिजन माक्स निकालियो । उहाँले कालो चिया पिउनुभयो । दिनभरि डाक्टरको निगरानीमा मात्रै रहनुभएका ओलीले साँझपख श्रीमती राधिका शाक्य र स्वकीय सचिव राजेश बज्राचार्यसँग कुराकानी गर्नुभयो। शाक्यले निवासमा रहँदा ओलीको स्वास्थ्य रेखदेख गर्नुहुन्थ्यो भने बज्राचार्यले बाहिरखेर हिँडेका बेला उहाँको ख्याल गर्नुहुन्छ। उहाँहरूसँगको भेटमा ओलीले केही अत्यावश्यक कामबारे कुराकानी गर्नुभयो। श्रीमती शाक्यसँग उहाँले आफूलाई आराम नपुगेको बताउनुभयो।

बिमारको सिलसिला ४२ वर्षदेखि
ओलीलाई विभिन्न बिमारले घेर्न थालेको ४२ वर्ष भयो । उहाँ जेल बस्दा टीबी रोगले ग्रस्त हुनुहुन्थ्यो। ओलीसँगै ९ वर्ष जेल जीवन बिताउनुभएका राधाकृष्ण मैनाली रोगलाई जितिन्छ भन्ने ओलीको विश्वास अहिलेजस्तै पहिले पनि रहेको बताउनुहुन्छ।आजको कान्तिपुर दैनिकले खबर छापेको छ। 


प्रतिक्रिया दिनुहोस्