पार्टीको असहमति हुँदा हुँदै सरकारले एमसीसी टेबुल गरेकोमा माओवादीको आपत्ति

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ९ : १६


नेकपा (माओवादी केन्द्र)ले पार्टीको लिखित असहमति हुँदाहुँदै अमेरिकी सहायता परियोजना संसदमा टेबल गरिएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘प्रतिनिधिसभाको आजको बैठकमा सरकारले विवाद र विरोधका बीच मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) सम्झौता पेस भएको घटनाप्रति हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को गम्भीर ध्यानाकर्षण भएको छ’ पूर्वसभामुखसमेत रहेका प्रवक्ता कृष्णबहादुर महाराले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस्