आजको पञ्चाङ्ग
मिति २०७६ साल मंसिर १२ गते बिहीबार, इस २०१९ नोभेम्बर २८। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेसं ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। द्वितीया, १९ः१२ उप्रान्त तृतीया। नक्षत्र– ज्येष्ठा।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विशेष गरि चेली माईतीसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला, मनमुटावको स्थिति सिर्जना नहोला भन्न सकिन्न ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा मन जाने हुनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुँदा आफन्त तथा गुरुजनहरु खुसी हुनेछन् ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाइमा देखिएको कमजोरी सुधार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । आत्मिय मित्र तथा मन मिल्ने साथी भेटिनेछ भने माया प्रेममा प्रशस्त समय रमाउन सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) भौतिक सम्पति प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) विद्यामा मिहिनेत नगरे अरुभन्दा पछि परिनेछ भने छाती सम्बन्धि सामान्य समस्याले सताउनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) मनोबल मजबुत हुने हुनाले साहशिलो काम गर्न सकिने तथा खेलकुद तथा यस्तै गतिविधिमा संलग्न भई अगाडी बढ्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बोल्दा वा निर्णय गर्दा ध्यान दिनुहोला आत्मघाती पनि हुनसक्छ । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) विद्यार्थीले आफ्नो प्रतिस्पर्धी हरुलाई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइ तपाईं आफ्नै कारणले बिग्रन सक्छ, ध्यान दिनु होला । विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पैतृक धन तथा सम्पति हात लाग्ने योग रहेको छ । शिक्षा भनेजस्तो गतिमा लान सकिनेछ भने प्रतिस्पर्धिहरुलाई किनारा लगाउँदै आफ्नै पोल्टोमा नतिजा ल्याउन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा लगानी गरि मनग्गे नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा लगानी गर्नेहरु सफल रुपमा स्थापित हुनेछन् ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यावसायमा लगानी नगर्नुहोला, आज गरिने व्यावसायबाट घाटा लाग्न सक्छ । ध्यान अन्यत्रै मोँडिदा पढाइ लेखाइमा अरुभन्दा पछि परिनेछ ।