माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष सिंह घाइते

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ४ : १०


काठमाडौं । सरकारले संसदमा एमसीसी अनुमोदनका लागि पेश गरेसँगै सरकारमै रहेको नेकपा माओवादी केन्द्र सडकमा उत्रेको छ।

सडक आन्दोलनमा माओवादी केन्द्रका भातृ संगठनहरुले विरोध प्रदर्शन गरेका छन।

यसबैची, माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहितका नेता-कार्यकर्ताहरू घाइते भएका छन्।

आज नयाँ बानेश्वरमा भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान भएको थियो। सो क्रममा दर्जनौं विद्यार्थी पनि घाइते भएका छन।

 


प्रतिक्रिया दिनुहोस्