काठमाडौँ । बुधबार राति सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर ५ रेक्टर स्केलको भूकम्प गएको छ। राति १० बजेर ८ मिनेट जाँदा गएको भूकम्पको धक्का काठमाडौँमा पनि महशुस गरिएको थियो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको फुल्पिङ्गकोटलाई केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पको धक्का काठमाडौँउपत्यकासहित आसपासका जिल्ला काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, रामेछापमा पनि महशुस गरिएको छ।
यसअघि मंसिर ३ गते बझाङ्गमा केन्द्रबिन्दू बनाएर ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो।