काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कास्की २ का नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई देवघाट पठाउन भनेपछि नेकपाका ४६ जनाले कांग्रेस प्रवेश गरेका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै त्यस्तो दावी गर्नुभएको हो ।
प्रवक्ता शर्माले तस्वीरसहितको ट्वीटमा भन्नुभएको छ, ‘कमरेड प्रचण्डले खेमराज गुरुलाई देवघाट पठाउनोस् भनेर अपमान गरेपछि नेकपाकै सदस्यहरुले उठाए विद्रोहको झण्डा ! अपमानको बदला सम्मान गर्ने संकल्प !’
शर्माले अगाडि लेख्नुभएको छ, ‘यही उदघोष साथ भरतपोखरीको कार्यक्रममा
४ पाका र ४२ युवाले गरे नेपाली कांग्रेसमा प्रवेश । जय नेपालको न्यानो अभिवादन साथ स्वागत सबैलाई !’
कमरेड प्रचण्डले खेमराज गुरुलाई देवघाट पठाउनोस् भनेर अपमान गरेपछि नेकपाकै सदस्यहरुले उठाए विद्रोहको झण्डा ! अपमानको बदला सम्मान गर्ने संकल्प !
यहि उद्घोष साथ भरत पोखरीको कार्यक्रममा
४ पाका र ४२ युवाले गरे नेपाली कांग्रेसमा प्रवेश l जय नेपालको न्यानो अभिवादन साथ स्वागत सबैलाई ! pic.twitter.com/2yUiK8Rb0a— Bishwa Prakash शर्मा (@bishwaprakash77) November 27, 2019