नयाँबानेश्वर क्षेत्र तनावग्रस्तः ६ दलको प्रदर्शन नियन्त्रण बाहिर!

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १ : ४१


काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ सहित ६ कम्युनिष्ट पार्टीले आह्वान गरेको प्रदर्शन नियन्त्रण बाहिर गएको छ।

संसद भवन क्षेत्रमा निषेधित क्षेत्र तोड्दै प्रर्दशनकारीहरुले प्रहरीमाथि ढुंगामुढा गरेका छन। बाक्लो संख्यामा उपस्थित भएका प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परेको छ।

प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अहिले पानीको फोहोरा लाठी चार्ज समेत गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्