‘दबङ्–३’: बलिउडमा सबैभन्दा धेरै स्क्रिन पाउँदै

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  २ : ५९


काठमाडौँ । बलिउड स्टार सलमान खान अभिनित फिल्म ‘दबङ्–३’ले सबैभन्दा धेरै स्क्रिन पाउने भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार डिसेम्बर–२० मा रिलिज हुने फिल्मले घरेलु बक्सअफिसमा ५४ सय स्क्रिन पाउने भएको छ ।

उक्त फिल्मले ५४ सय स्क्रिन पाएमा अहिलेसम्मकै सबैभन्दा धेरै स्क्रिन पाउने चलचित्र बन्ने छ । प्रभु देवाले निर्देशन गरेको फिल्ममा सलमान सँगै सोनाक्षी सिन्हा, सुदीप किच्चा, सई मंजेकर, अरबाज खानलगायत कलाकारको मुख्य भूमिकामा छन् ।


प्रतिक्रिया दिनुहोस्