रुस र युक्रेनबीच बढ्दो तनाब बीच लुहान्स्कमा शक्तिशाली विस्फोट

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  १० : ११


किभ । रुस र युक्रेनबीच बढ्दो तनावको बीचमा लुहान्स्कमा शक्तिशाली विस्फोट भएको स्पुतनिकले जनाएको छ।

विस्फोट ग्यास पाइपलाइन दुर्ज्भामामा भएको र ठूलो आगोलागी हुनसक्ने प्रक्षेपण गरिएको थियो । स्थानीय ग्यास पूर्वाधार व्यवस्थापन लिहान्स्कगासले विज्ञप्ति मार्फत् जनाएअनुसार आपतकालीन टोलीहरू अहिले त्यस क्षेत्रमा उपस्थित छन्।

स्वघोषित डोनेट्स्क र लुगान्स्क जनवादी गणतन्त्रले युक्रेनी सशस्त्र बलहरूले गरेको गोलाबारीको समाचार सम्प्रेषण गरेपछि युक्रेनको डोनबासको सम्पर्क लाइनमा तनाव बढेको छ।


प्रतिक्रिया दिनुहोस्