खेम भण्डारीविरुद्ध अदालतमा अर्को मुद्धा

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १ : ४०


काठमाडौं । कञ्चनपुरका पत्रकार खेम भण्डारीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा फेरि अर्को मुद्धा परेको छ ।

निर्मला प्रकरणमा चर्चामा रहेका भण्डारीले केहि दिन अघि एक घण्टाको कारागार सजाय भुक्तान गर्नुभएको थियो ।

फेरि उहाँ विरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गरिएको छ । बदनाम गराउने नियतले भण्डारी सम्पादक रहेको मानखण्ड दैनिक र फेसबुकमा समाचार सम्प्रेषण गरेको भन्दै आयुष विष्टले मुद्दा दर्ता गर्नु भएको हो ।

निर्मला हत्या प्रकरणमा आफ्नो नाम जोडेर समाचार र फेसबुक स्टायटस लेखेको भन्दै आयुषले गालीबेइज्जती मुद्दा दर्ता गर्नु भएको हो। आयुष भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा हुनुहुन्छ । 


प्रतिक्रिया दिनुहोस्