पूर्वराजा ज्ञानेन्द्रको वक्तव्यः भोक, रोग र शोकमा जनतालाई राख्नु प्रजातन्त्र होइन

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ५ : ४४


काठमाडौं । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले वक्तव्य जारी गरेका छन।

वक्तव्य जारी गर्दै उनले अरुले ओढाइदिएको आसमानमुनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र हुन नसक्ने बताएका छन्।

‘आफ्नो देशको प्रकृति र परिवेशबाट पृथक भएर बाहिरी लोभ, प्रलोभनमा पर्नु पनि प्रजातन्त्र होइन। प्रजातन्त्र निर्देशित र नियन्त्रित हुँदैन। त्यो स्वतस्फुर्त एवं लोकसम्मत हुन्छ र हुनुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ,‘अलमलिएको सरकार, भत्किएको संसद्, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्युहले प्रजातन्त्रलाई कता पुर्याइरहेको छ, विचारणीय प्रश्न छ।’


प्रतिक्रिया दिनुहोस्