रन्जु दर्शनाले गरिन् इन्गेज्मेन्ट

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ५ : ३३


काठमाडौं । विवेकशिल साँझा पार्टीकी पूर्व नेतृ रञ्जु दर्शना विवाह बन्धनमा बाँधिने पक्कापक्की भएको छ।

रन्जुले छिमेकी युवक किशोर कुइकेल (किसु)सँग इन्गेज्मेन्ट गरेकी हुन। उनीहरु चाँडै वैवाहिक बन्धनमा बाँधिने छन्।

रन्जु दर्शना यसअघि काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेद्वारी दिएर चर्चामा आएकी थिइन्। तर, पछि उनी चुनावमा पराजित भएकी थिइन्।

रन्जुले सामाजिक सञ्जालमार्फत् सारा ब्राह्मणडलाई साक्षी राखेर टिका कार्यक्रम सम्पन्न गरेको उल्लेख गरेकी छन्।

उनले लेखेकी छन्, ‘आजदेखि जीवनको अर्को एउटा सुन्दर यात्राको शुभारम्भ भएको छ। दियो कलश र गणेश भगवान एवं परिवारका सदस्यहरु, निकट साथीहरु र सारा ब्राह्मणड साक्षी राखी फुलमाला, टीका कार्यक्रम सम्पन्न गरेका छौं। तपाईँहरुको आशीर्वाद र शुभकामनाको लागि हृदयदेखि कृतज्ञ ज्ञापन गर्न चाहन्छु। मायाको यात्रामा एक सशक्त जीवन साथी बनी हरदम साथ दिने मेरो हरेकदिन प्रयास रहने छ किसु। तिम्रो जीवनमा, परिवार मलाई खुल्ला हृदयले स्वागत गरेकोमा धेरै धन्यवाद किसु।’

 


प्रतिक्रिया दिनुहोस्