हुम्लामा टिप्पर दुर्घटना, ३ जनाको मृत्यु

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १२ : ०२


सिमिकोट । हुम्लाको सिमिकोटमा टिप्पर दुर्घटना हुँदा कम्तिामा ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल सिमिकोट पठाइएको प्रहरीले जनाएको छ ।

मजदुर बोकेर नाम्खाबाट जिल्ला सदरमुका सिमिकोट आउँदै गरेको लु ४ ख ३२६९ नम्बरको टिप्पर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन सकेका छैन ।


प्रतिक्रिया दिनुहोस्