नेपालको खराब ब्याटिङ, ओमानलाई ११८ रनको लक्ष्य

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  १ : १५


काठमाडौं । आईसीसी टी२० विश्वकप छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले खराब ब्याटिङ गरेको छ । ओमानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र ११७ रन बनायो ।

नेपालका लागि आरिफ शेखले ३७ बलमा ३८ रन बनाए पनि अन्य ब्याटरले राम्रो रन जोड्न सकेनन् । कप्तान सन्दीप लामिछानेले ७ बलमा १६ रन बनाउँदा लोकेश बमले १६ तथा ज्ञानेन्द्र मल्ले १५ रन बनाए । यस्तै दिपेन्द्र सिंह ऐरीले ११ रन बनाए पनि अन्य ब्याटरले भने दोहोरो रन बनाउन सकेनन् ।

ओमानका ख्वाँवर अलीले ३ तथा बिलाल खानले २ विकेट लिए भने कप्तान जिशन मक्शुद र फैज बटले १/१ विकेट लिए ।


प्रतिक्रिया दिनुहोस्