के हो अहमदाबाद सिरियल ब्लास्ट? के भएको थियो?

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  १२ : ४७


दिल्ली। सन् २००८ जुलाई २६ तारिखका दिन भारतस्थित गुजरातको अहमदाबाद शहरमा ७० मिनेटको अन्तरालमा २१ पटक विभिन्न स्थानमा बम विस्फोटन भएको थियो।

यो सिरियल ब्लास्टको घटनामा ५६ जनाको मृत्यु भएको थियो भने २ सयभन्दा बढी मानिसहरु घाइते भएका थिए।

यो घटनाको जिम्मा आतंकवादी संगठन इन्डियन मुजाहिद्दीन र हरकत–उल–जिहाद–अल–इस्लामीले लिएका थिए।

गुजरात एटीएस अर्थात् आतंकवादविरुद्धको संस्थाले आक्रमण भएको केही समयमै अभियुक्त मुफ्ती अबु बसिरसहित ९ जनालाई गिरफ्तार गरिसकेको थियो।

यसपछि सन् २०१६मा आठ वर्षपछि सोही आक्रमणका संदिग्ध एक अर्का अभियुक्त नासिर रंगरेजलाई गिरफ्तार गरिएको थियो। यसरी नै क्रमैसँग ४९ अभियुक्त पक्रन भारतीय प्रहरी सफल बन्यो।

आज बिहीबार मात्र भारतको अदालतले ३८ जना अभियुक्तलाई फाँसीको सजाय सुनाएको छ। जसमध्ये अन्य ११ लाई आजीवन जेल सजाय हुनेछ।

2008 Ahmedabad Bomb Blasts: The attacks, investigations, and unravelling of Indian Mujahideen


प्रतिक्रिया दिनुहोस्