अहमदाबाद। सन् २००८ मा भारतको अहमदाबादमा एकैदिन २२ स्थानमा बम विस्फोटन भएको थियो।
सो सिरियल विस्फोटनको घटनामा ५६ व्यक्तिको मृत्यु भएको थियो भने २ सयभन्दा बढी घाइते भएका थिए।
सोही घटनामा दोषी पाइएको ४९ मध्ये ३८ जनालाई शुक्रबार विशेष अदालतले फाँसीको सजाय दिइएको छ। अन्य ११ जनालाई भने जीवनभर जेल सजाय हुनेछ।
2008 Ahmedabad serial bomb blast case | A special court pronounces death sentence to 38 out of 49 convicts pic.twitter.com/CtcEWGze2z
— ANI (@ANI) February 18, 2022
अदालतले आज ३८ जनालाई फाँसी र अन्यलाई आजीवन जेल सजायको फैसला गरेको बीबीसीहिन्दीले जनाएको छ।