काठमाडौंको ढुंगेअड्डामा भेटिएको शंकास्पद वस्तु कुकर बम

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ८ : ५१


काठमाडौँ । काठमाडौंको कलंकीस्थित ढुंगेअड्डामा भेटिएको शंकास्पद वस्तु कुकर बम भएको पुष्टि भएको छ ।

कालिका पेट्रोल पम्प नजिक दुई वटा जेब्रा झोलामा शङ्कास्पद वस्तु भेटिएपछि स्थानीय बासिन्दाले प्रहरीमा खबर गरेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको बम डिस्पोजल टोलीले उक्त बमलाई डिस्पोज गरेको छ ।

बम कसले राख्यो भन्नेबारेमा अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्