काठमाडाैं । गायक राजेश पायल राईले अवार्ड नलिने घोषणा गरेका छन् । उनले राज्यस्तरबाट दिने वा अन्तरराष्ट्रिय मान्यताप्राप्त अवार्डहरुबाहेक निजी वा व्यक्तिगत रुपमा प्रदान गरिने अवार्ड नलिने बताउदै सामाजिक संजालमा स्टाटस लेखेका छन्, ‘हामी कलाकारहरुका लागि दर्शक तथा श्रोताहरुको माया, सद्भावले विशेष महत्व राख्दछ । नयाँ कलाकारहरुलाई प्रेरित गर्न पनि हामीले उनीहरुका लागि बाटो छाडिदिनुपर्छ भने अवार्डहरुको गरिमा तथा महत्व पनि कायम रहनुपर्दछ ।’ उनको घरमा केही महिना अगाडि आगालागी हुँदा उनले प्राप्त गरेका सबै अवार्डहरु जलेर नष्ट भए । यसपछि पनि राजेशले केही अवार्डहरु प्राप्त गरेका छन् । गीत गाएर सय भन्दा बढी अवार्ड र सम्मान प्राप्त गरिसकेका गायक राइले ‘लाइफ टाइम एचिभमेन्ट र सम्मान’ भने ग्रहण गर्ने लेखेका छन् ।