कास्की । पोखराको प्रदर्शनी केन्द्रस्थित चुनावी सभा लक्षित विस्फोटमा परि ३ जना घाइते भएका छन् ।
सत्तारुढ दल नेकपाको चुनावी सभालाई लक्षित गरि विस्फोट भएको हो ।
उक्त कार्यक्रममा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका उच्च नेताहरु सहभागी हुनुहुन्छ ।
विस्फोटपछि आसपासको क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालित गरिएको छ। प्रहरीले तालिमप्राप्त कुकुर पनि ल्याउने तयारी गरेको छ।
विस्फोटको जिम्मा अहिले सम्म कसैले लिएको छैन् । निर्वाचन बहिष्कार घोषणा गरेको विद्रोही नेकपाले बिस्फोट गराएको आशंका गरिएको छ ।