ला लिगाः रेलिगेशन जोनको लेभान्टेसंग एट्लेटिको पराजित

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ९ : ३७


काठमाडौं । स्पेनिस ला लिगाको महारथी क्लब एट्लेटिको मड्रिडले आफ्नो खराब लय कायम राख्दा रेलिगेशन जोनको लेभान्तेसंग १–० अंन्तरले पराजित भएको छ ।

बुधबार राती एट्लेटिको घरेलु मैदानमै पराजित हुन पुग्यो । भ्रमणकारी टोली लेभान्तेका गोन्जालो मारेलोले खेलको ५४औं मिनेटमा गरेको गोल निर्णायक बन्दा एट्लेटिकोले सिजनको सातौं हार बेहोरेको हो ।

हारसंगै २४ खेलबाट ३९ अंक जोडेको एट्लेटिको पाचौं स्थानमा छ । २४ खेलबाट १४ अंक बनाएको लेभान्ते पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस्