काठमाडौं । सरकार र निजी मेडिकल कलेजबीच भएको दुई बुँदे सहमति प्रति आन्दोलनरत विद्यार्थीले असन्तुष्टि जनाएको छ।
बढि लिइएको शुल्क फिर्ता लिनेबारे कुनै ठोस सहमति नभएको आन्दोलन विद्यार्थीहरुले जनाएको छन ।
आफूहरु पढाइनै स्थगित गरेर यति लामो समयसम्म आन्दोलन गर्दा समेत अवैध शुल्क फिर्ताबारे ठोस निर्णय नभएको विद्यार्थीले जनाएका छन् ।
ठोस निर्णय नहुँदासम्म आन्दोलन जारी रहने र परिक्षामा समेत सहभागी नबन्ने विद्यार्थीले विज्ञप्ति मार्फत जनाएका छन् ।
मंगलबार राती शिक्षा मन्त्रालय र मेडिकल कलेजबीच दुई पक्षीय सहमति भएको हो ।
उक्त सहमतिअनुसार मेडिकल कजेजले बुधबारबाटै अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया थाल्ने जनाइएको छ।