दिग्गज गायक–संगीतकार बप्पी लाहिरीको निधन

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ३ : ५२


मुम्बई। दिग्गज गायक–संगीतकार बप्पी लाहिरी मंगलबार राति निधन भएको छ।

प्रयाख्त अभिनेत्री र राजनीतिज्ञ हेमा मालिनीले उनको निधनमा ट्विटरमर्फत शोक व्यक्त गरेकी छन्।

मंगलबार राति ११ः४५ मा निधन भएका चर्चित गायक तथा संगीतकार बप्पी लाहिरीप्रति राजनीतिक क्षेत्रका नेताहरुले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

बप्पी लाहिरीलाई बप्पी दा भनेर चिनिन्थ्यो। उनी डिस्को संगीतको लागि प्रख्यात थिए। बप्पी लाहिरीको ६९ वर्षको उमेरमा हिजो राति मुम्बईको एक अस्पतालमा निधन भएको थियो।

पश्चिम बंगालका गभर्नर जगदीप धनखरले बप्पी दाको मनमोहक सांगीतिक रचनाहरू सबैले मन पराएको बताएका छन।

“दुःखको खबर – प्रसिद्ध संगीतकार बप्पी लाहिरीजी अब रहनु भएन।
पश्चिम बंगालको जलपाईगुडीमा जन्मनुभएका बप्पी दाको सङ्गीतले सम्पूर्ण फ्यानहरूलाई छक्क पारेको थियो। उहाँलाई सबै उमेरका मानिसहरूले मन पराउने मंत्रमुग्ध सांगीतिक रचनाहरूको लागि सम्झिरहनेछ। परिवारजनमा समवेदना र ओम शान्ति ओम,“ उनले ट्वीट गरेका छन्।

विभिन्न स्वास्थ्य समस्याका कारण एक महिनादेखि अस्पतालमा भर्ना भएका बप्पी दाको ‘स्लीप एपनिया’ का कारण उनको निधन भएको बताइएको छ। ‘डिस्को किङ’ बप्पी दाको बिहीबार अन्त्येष्टि गरिने जनाइएको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्