प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा अस्पतालले निकाल्यो यस्तो विज्ञप्ति

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ५ : २२


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारउन्मुख हुँदै गएको छ। 

मंगलबारको भन्दा आज उहाँको अवस्थामा धेरै सुधार भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार suryaले donlineलाई जानकारी दिनुभयो। 

त्यस्तै अस्पतालले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको र सघन कक्षमा सम्पूर्ण व्यवस्थापनका साथ निगरानीमा राखिएको जनाएको छ।  

प्रधानमन्त्री ओलीको मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्