सैन्य शासन लागू भएको म्यान्मारमा सेनाको युद्धक विमान दुर्घटनाग्रस्त

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  २ : ०३


म्यान्मार। म्यानमारमा बुधबार बिहानै एउटा सैन्य युद्धक विमान दुर्घटनामा परेको छ।

देशको उत्तर भागमा उडान गर्न लाग्दा एक सैन्य जेट “प्राविधिक विफलता“ पछि दुर्घटनाग्रस्त भएको म्यान्मारको सैन्य सरकारले जानकारी दिएको हो।

मन्डालयनजिकैको टाडा–यू एयर फोर्स बेसबाट उडान गरिरहेको जेटले “आज बिहान १०ः४३ बजेसम्पर्क विच्छेद गरेपछि सागिङ क्षेत्रमा दुर्घटनाग्रस्त भएको सरकारी विज्ञप्तिमा जनाइएको छ।

पाइलटको खोजी र उद्धारकार्य भइरहेको जनाइएको छ। जारी विज्ञप्तिका अनुसार पाइलटले गैर–लडाई प्रशिक्षण मिसन उडान गरिरहेको थियो।

गत जुनमा, एक धार्मिक कार्यक्रममा एक वरिष्ठ भिक्षु र धेरै दाताहरूलाई लिएर म्यानमारको सैन्य विमान देशको मध्य क्षेत्रमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो। सन् २०१७ मा एक सैन्य विमान अण्डमान सागरमा भएको दुर्घटना देशको इतिहासमा सबैभन्दा घातक उड्डयन दुर्घटनाहरू मध्ये एक रहेको थियो।

यस विमानमा रहेका सबै १२२ व्यक्तिको मृत्यु भएको थियो। यस दुर्घटनाको कारण अधिकारीहरूले खराब मौसमलाई दिएका थिए।


प्रतिक्रिया दिनुहोस्