सुन  पृथ्वीमा आफैं उत्पन्न भएको होइन, यसरी बन्यो

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ५ : २२


  काठमाडौँ । सुनको खपत प्रत्येक देशमा भारी मात्रामा हुने गर्छ । झन् हाम्रो जस्तो धार्मिक संस्कारहरू धेरै भएको देशमा सुनको प्रयोग अत्यधिक हुन्छ । तर कसरी बने र सुन र अन्य धातु यस पृथ्वीमा ? वैज्ञानिकहरूका अनुसार सुन तथा अन्य धातु पृथ्वीमा आफैं उत्पन्न भएका होइनन् ।

करिब ४५० करोड वर्षअघि खगोलीय पिण्डहरू पृथिवी, मङ्गलग्रह र चन्द्रमा बेस्सरी ठोकिएका थिए । यो टक्करबाट पृथ्वीमा अनि मङ्गल र चन्द्रमामा पनि सुन र प्लेटिनम जस्ता धातु पुगेका थिए । यो भयङ्कर र विनाशकारी टक्करका कारण पृथिवी आफ्नो धुरीबाट १० डिग्रीसम्म सरेको थियो ।टोकियो इन्टिट्युट अफ टेक्नोलोजीमा वैज्ञानिकहरूको एक अन्तर्राष्ट्रिय टोलीले यो खुलासा गरेको हो । कम्प्युटर सिमुलेसन प्रविधिबाट उनीहरूले यो कुरा पत्ता लगाएका हुन् ।

यो अनुसन्धानमा पृथ्वीको उत्पत्तिदेखि लिएर पहिलो ३०० मिलियन वर्षको अध्ययन गरिएको थियो ।इम्पिरियल कलेज लन्डनका भूगर्भविद् माथियास विलबोल्डले बताए, ‘खगोलीय पिण्डहरूमा टन्नै सुन थियो र उनीहरू पृथ्वीमा ठोक्किँदा यहाँ बेस्सरी सुन जम्मा हुन पुग्यो ।’ यसरी खगोलीय पिण्डहरूको टक्करबाट पृथ्वीलाई नोक्सान मात्र नहुने भई कहिलेकाहीँ फाइदा पनि पुग्छ ।


प्रतिक्रिया दिनुहोस्