संसद बैठकको सम्भावित कार्यसूचीमा परेन एमसीसी

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ५ : ५१


काठमाडौं । संसद सचिवालयले भोलिका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।

संसद भवन नयाँ बानेश्वरमा दिउसो १ बजे बस्ने बैठकको कार्यसूचीमा एमसीसी भने सभावेश छैन।

सभाभुमखले कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान ११ बजेका लागि बोलाएका छन्।

सो बैठक पछि संसदको कार्यसूची संशोधन हुनसक्ने बताइएको छ।

 


प्रतिक्रिया दिनुहोस्