स्तानबुल। सन् २०२० यता विश्व कोरोना भाइरसबाट ग्रस्त बन्यो। लकडाउन भएपछि मानिसहरु घर बाहिर निस्किएनन्।
कोरोना भाइरस त्यसबेला नयाँ रोग थियो जसको उपचार पत्ता लागेको थिएन। त्यसबेला मानिसहरु कोरोना लाग्छ र मृत्यु हुन्छ भनेर त्रसित बनेका थिए।
कयौं मानिस हालसम्म संक्रमित बनिरहेका छन्। एक व्यक्ति नै पाँचपटक भन्दा बढी कोरोना संक्रमित बनेको समाचारहरु आएको छ। खोप लगाएकै व्यक्तिमा पनि कोरोना देखिएको छ।
यसबीचमा टर्कीका एक व्यक्ति यस्ता भेटिएका छन्। जो गएको १४ महिनायता ७८ पटक कोरोनाबाट संक्रमित भएका छन्।
टाइम्स अफ इन्डियका अनुसार टर्कीका मुजफ्फर केयासान नाम गरेका व्यक्ति हालसम्म ७८ पटक कोरोना पोजिटिभ पाइएका हुन्।
पहिल्यै ल्युकिमिया रोगबाट ग्रस्त उनी कोरोना बारम्बार लाग्दा निकै कमजोर भइसकेका छन्। यद्यपी भाग्यवश आजसम्म जीवित रहेको भन्दै उनी खुशी छन्।
१४ महिनायता उनी आइसोलेसनमै छन् उनी कसैसँगको भौतिक सम्पर्कमा छैनन्।