स्वास्थ्य बीमा उत्साहः बीमाशुल्क संकलनभन्दा दाबी भुक्तानी बढी

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  २ : १०


काठमाडौँ । नेपाल सरकारको स्वाथ्य बीमा कार्यक्रममा बीमाशुल्क संकलनभन्दा दाबी भुक्तानी बढी हुन थालेको छ। 

स्वास्थ्य बीमा बोर्डको तथ्यांकअनुसार २०७२ चैतदेखि शुरु गरिएको यस कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष कात्तिक मसान्तसम्ममा रु २ अर्ब ७६ करोड ४६ लाख बीमाशुल्क संकलन भएको छ। 

तर सोही अवधिमा ग्राहकलाई रु ३ अर्ब ६१  करोड १२ लाख दाबी भुक्तानी भएको छ। संख्यात्मक आधारमा स्वास्थ्य बीमामा आम जनताको उत्साहजनक सहभागीता देखिन्छ। साढे ३ वर्षको अवधिमा ४९ जिल्लाका ८ लाख १५ हजार ११६ परिवारले स्वास्थ्य बीमा गरेका छन्। 

हालसम्म यस्तो सेवासुविधा प्रयोग गरेबापत् ७ लाख ८५ हजार ६२९ परिबारले दाबी भुक्तानी लिएको बोर्डले जनाएको छ । आजको आर्थिक अभियान दैनिकमा खबर छ।


प्रतिक्रिया दिनुहोस्