काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज ५३.३० अंकको वृद्धि भएको छ।
दिनभर सुस्ताएको सेयर बजार अन्तिम कारोबार समयमा एकाएक वृद्धि आएर २७५४.२८ को बिन्दुमा बजार बन्द भएको छ।
‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १०.८३ अंकले बढेर ५२२.३३ को बिन्दुमा बजार बन्द भएको छ।
दिउसो २ बजेसम्म साढे १ अर्ब बढी रुपैंयाको कारोबार रहेको नेप्सेमा आज दिनभर ३ अर्ब २२ करोड बढीको कारोबार भयो।
नेप्सेका सबै उपसमूहमा हरियाली छ। यी हुन आज धेरै कमाउने र गुमाउने १० कम्पनी