भोलिको संसद बैठकमा एमसीसी टेबल गर्ने काँग्रेसको निर्णय

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  २ : ५०


काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेपाली काँग्रेसले भोलि बस्ने संसद बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबुल गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको काँग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभामा एमसीसी टेबल गराउने निर्णय गरेको हो।

बैठकमा बोल्दै काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी पारित गर्नका लागि टेबल गराउने बताएका थिए।

उनले एमसीसीमा एमालेले दोहोर चरित्र देखिएको बताउँदै अरु कम्युनिस्टले पनि दोहोरो चरित्र देखाएको धारणा समेत राखेका छन।

यस्तै,आजको बैठकमा प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावलाई सफल बनाउने बिषयमा पनि छलफल भएको छ।


प्रतिक्रिया दिनुहोस्