विश्व नं १ जोकोभिच भन्छन्ः खोप लगाउन दबाब दिइए म टेनिस खेल्दिन

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  १ : ५१


काठमाडौं। विश्व टेनिस वरियतामा नम्बर एक सर्बियाका नोभाक जोकोभिचले खोप नलगाउने अडान दोहोर्याएका छन्।

बीबीसीसँगको कुराकानीमा जोकोभिचले खोप लगाउन दबाब दिइएको खण्डमा आफूले टेनिसका आगामी खेलहरुमा भाग नलिने बताएका हुन्।

आफूले खोपविरुद्धको कार्य नगरेको उल्लेख गर्दै खोप लगाउने र नलगाउने विषय व्यक्तिगत अधिकारको कुरा भएको जनाए।

आगामी दिनमा विम्बेल्डन तथा फ्रेन्च ओपनजस्ता प्रसिद्ध खेलहरु हुँदैछन्। खोप नलगाउनेलाई खेलमा समावेश नगरिए उनले पनि खेल्न पाउनेछैनन्।

यद्यपी उनी भन्छन्,‘म कहिल्यै खोपको विरुद्धमा छैन तर खोप लगाउन परेमा मैले आगामी प्रतियोगितामा भाग लिने छैन।’


प्रतिक्रिया दिनुहोस्