काठमाडौं । ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिजअन्तर्गत अन्तिम खेलमा आयरल्यान्डले नेपाललाई जितका लागि १२८ रनको लक्ष्य दिएको छ।
ओमानको अल अमरेत क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनायो।
आयरल्यान्डका लागि जर्ज डोकरेलले सर्वाधिक २८ रनको योगदान दिए।
त्यसैगरी कर्टिस क्याम्फरले २०, कप्तान एन्डी विलवार्नीले १९, लोर्कन टकरले १५, शेन गेटकाटेले १४, एन्डी माइकब्राइनले ११ रन, ग्यारेथ डिलानीले ९, पल स्टर्लिङले २ तथा सिमी सिंहले १ रन जोडे।
नेपालका दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गरे। उनले सर्वाधिक ४ विकेट लिए। यस्तै अविनाश बोहराले दुई तथा सन्दीप लामिछाने, कमलसिंह ऐरी र जितेन्द्र मुखियाले एक–एक विकेट लिए। नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।
नेपालले सात ओभरको खेल सकिँदा दुई विकेट गुमाएर ४८ रन बनायो।
कुशल भुर्तेल १५ तथा लोकेश बम ६ रन बनाएर पवेलियन फर्किएका छन्। रासस