थपिए ७४७ कोरोना संक्रमित, ८ जनाको मृत्यु

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ५ : ५२


काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ७४७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय आठ हजार ६९६ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७३ हजार ५४१ पुगेको छ।

एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३७ हजार ६७७ रहेको छ। पछिल्लो समय थप दुई हजार ३१९ सङ्क्रमणमुक्त भएका छन्।

योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ४० हजार ९०२ पुगेको छ। यो दर ९६ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

आठको मृत्यु

हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९०० पुगेको छ भने पछिल्लो २४ घण्टामा थप आठ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।

पछिल्लो समय दुई लाख १६ हजार ११८ ले खोप लगाएको मन्त्रालयले जनाएको छ। हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार ७३९ रहेको छ।

अहिले होम आइसोलेशनमा १९ हजार ९३० रहेका छन्। त्यसैगरी संस्थागत आइसोलेशनमा ८०९, आइसीयुमा १७८ र भेन्टिलेटरमा ३४ जनाले उपचार गराइरहेका छन्।


प्रतिक्रिया दिनुहोस्