काठमाडा । निसानले नेपाली बजारमा द अल–न्यु नभाराको ‘लाइफस्टाइल एडिसन’ नभारा प्रो फोरएक्स लन्च गरेको छ।
द अल–न्यु नभारामा नयाँ फ्रन्ट बम्पर, ग्रिल, हेडल्याम्प, हुड इन्टेरियर मेटरियल र डेकोरेसन प्रयोग गरिएको छ भने बेड हाइट बढाइएको र नयाँ स्टेयरिङ ह्विलको प्रयोग गरिएको निसान इन्डिया अपरेसनका अध्यक्ष सिनान ओजकोकले जानकारी दिएका छन्।
नभारामा इन्टेलिजेन्ट इमर्जेन्सी ब्रेकिङ, भेइकल डाइनामिक कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल सिस्टम र हाई बिम असिस्टलगायतका सेफ्टी फिचर उपलब्ध भएको पायोनियर मोटोकर्पका म्यानेजिङ डाइरेक्टर सन्दिप सारडाले जानकारी दिएका छन्।