बेइजिङमा भारी हिमपात भएपछि ओलम्पिकमा गएका पाहुनालाई सकस

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ४ : ५७


बेइजिङ। चिनियाँ राजधानी शहर बेइजिङमा आइतबार भारी मात्रामा हिमपात भएको छ।

आइतबारको सो हिमपातले यहाँ जारी रहेको बेइजिङ ओलम्पिकलाई पनि प्रभावित पारेको बताइएको छ।

यहाँ आलम्पिक हेर्न आएका विदेशी पाहुनालाई पनि सो हिमपातले सास्ती भएको बेइजिङमाबाट प्राप्त भएको समाचारमा जनाइएको छ।

यहाँको मौसमसम्बन्धी सूचनामा आइतबार बिहानैदेखि हिउँ पर्ने जनाइएको छ। यहाँ आइतबार बिहानदेखि साँझसम्म नै हिउँ परेको बताइएको छ।

त्यस्तै तापक्रम पनि माइनस ६ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको थियो। बाटोभरि हिउँ थुप्रिएकाले त्यसलाई पन्छाउने काम जारी रहेको छ। त्यस्तै नागरिकहरुलाई सतर्कता अपनाएर बाटो हिँड्न या सवारी सञ्चालन गर्न भनिएको छ।


प्रतिक्रिया दिनुहोस्