सभामुखले बोलाएको सर्वदलीय बैठक सिंहदरवारमा सुरू

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  २ : ४८


काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सिंहदरवारमा सुरू भएको छ।

सत्तागठबन्धनका सबै घटकका प्रमुख नेता उपस्थित रहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित छ।

आजको बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चा संसदीय दलका नेता दुर्गा पौडेल र नेमकिपा सांसद प्रेम सुवाल सहभागी छन्।

बैठकमा माओवादीको संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, परराष्ट्रमन्त्री नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाँणलगायत सहभागी छन्।

सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएपछि सभामुख सापकोटाले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग समसामयिक विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठक बोलाएका थिए।

आजको सर्वदलीय बैठकमा एमसीसीबारे छलफल भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्