हिमालयन जनरल ईन्स्योरेन्सको सिइओमा विजय बहादुर शाह नियुक्त

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ११ : ०२


काठामाण्डौं। हिमालयन जनरल ईन्स्योरेन्स प्रालिले विजय बहादुर शाहलाई नयाँँ प्रमुख कार्यकारी अधिकृत सिइओको रुपमा नियुक्त गरेको छ।

शाहाले २०७८ फाल्गुन १ गतेदेखि आफ्नो कार्यभार समालेको ईन्स्योरेन्स कम्पनीले जानकारी दिएको छ।

ईन्स्योरेन्सका संचालक समितीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठका अनुसार शाह नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडमा आबद्ध थिए।

उक्त कम्पनीमा ४ वर्षसम्म नेतृत्वदायी भूमिका काम गरेको श्रेष्ठले बताए।


प्रतिक्रिया दिनुहोस्