भारतले नेपालमाथि पाकिस्तानलाई जस्तै व्यवहार गर्‍यो: शेरबहादुर देउवा

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ११ : ४७


काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नेपालमाथि पाकिस्तानलाई जस्तै व्यवहार गरेको बताउनुभएकाे छ । 

आज विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभापति देउवाले भन्नुभयाे, कालापानी र सुस्ता विवादास्पद ठाउँ हो भनेर उनीहरुले मानेका हुन् । अहिले अचानक जम्मू कश्मीर हाल्यो, नेपालको पनि हालिदियो । पाकिस्तान र नेपाललाई बराबर जस्तो गरिदियो नि ।’

सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुराको जमिन फिर्ता गराउन सरकारले सार्थक पहल नगरेको देउवाको आरोप लगाउदै उहाँले भन्नुभयाे, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो जमिन हो । तर सरकारले हाम्रो अतिक्रमित भूमि फिर्ता गराउन कूटनीतिक पहल गरेको देखिएन ।’


प्रतिक्रिया दिनुहोस्