अफगानिस्तानमा ४० भन्दा बढी लडाकु मारिए

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ११ : २४


काठमाडाैं । अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परी ४० भन्दा बढी लडाकु मारिएका छन् । सरकारी सुरक्षाकर्मी र नेटो गठबन्धन सेनाको कारबाहीमा परी उनीहरू मारिएका अधिकारीहरूले जनाएका छन् । अफगानिस्तानको रक्षा मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार गत २४ घन्टाको अवधिमा भएका कारबाहीमा परी उनीहरू मारिएका छन् ।

सोमबार बिहानैदेखि सुरक्षा कारबाही भएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । देशको दक्षिणी हेलमान्ड प्रान्तमा पर्ने मार्जा जिल्लामा भएको कारबाहीमा परी ६ तालिबान लडाकु मारिएका छन् भने लडाकुहरूले प्रयोग गरेको दुई सवारीसाधन जलेका छन् ।

त्यसैगरी उरुज्गान प्रान्तमा भएको सुरक्षा कारबाहीमा २ लडाकु मारिएको अफगानी सुरक्षाकर्मीहरूले जनाएका छन् । लाघमान प्रान्तको अलिसिङ र अलिनागर जिल्लामा भएका छुट्टाछुट्टै सुरक्षा कारबाहीमा अरू नौजना मारिएका छन् । त्यसैगरी अन्य विभिन्न प्रान्तहरूमा पनि सुरक्षा कारबाही भएको र ती सुरक्षा कारबाहीमा परी फरकफरक संख्यामा लडाकुहरू मारिएका सैन्य अधिकारीहरूले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्