‘भ्यालेन्टाइन डे’मा टेलिकमको अफरः अनलिमिटेड डाटा र भ्वाइस कल

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ५ : ३९


काठमाडौं । नेपाल टेलिकमले भ्यालेन्टाइन डेको अवसरमा ‘अनलिमिटेड डाटा र भ्वाइस कल’अफर ल्याएको छ।

फेब्रुअरी १४ अर्थात भोलि युवाहरुमाँझ मनाइने प्रेम दिवस (भ्यालेन्टाइन डे) को अवसरमा टेलिकमले सो अअफर उपलब्ध गराएको छ।

यो अफर आज र भोलि अर्थात् फागुन १ र २ गते (फेब्रुअरी १३ र १४ तारिख)मा उपलब्ध हुने टेलिकमले जनाएको छ।

उक्त अफर अन्तर्गत रु ४९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा उपलब्ध हुने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए।

जोशीका अनुसार टेलिकमले हालै सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भ्यालेन्टाइन डेकै अवसरमा कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको छ।

भ्यालेन्टाइन डेकै दिन एमपोसबाट गरिने रु २०० देखि रु ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुने छ।


प्रतिक्रिया दिनुहोस्