काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक मंगलबार झिनो अंकले घटेको छ । अघिल्लो दिन स्थिर रहेको परिसूचक आज ०.९१ अंकले घट्दै ११० ९.१६ बिन्दुमा झरेको छ । कुल १६५ वटा कम्पनीको ११ लाख ३४ हजारभन्दा बढी कित्ता शेयर २९ करोड ५८ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ ।
आज कारोबार रकम र संख्या अघिल्लो दिनभन्दा बढी हो । यस दिन कारोबारमा आएका समूहमध्ये बैंकिङ, व्यापार र जलविद्युत् समूहबाहेक सबै समूह घटेका छन् । आज पनि नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक समूहको शेयर कारोबार सबैभन्दा धेरै अर्थात ५ करोड ८१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
हिजो पनि यसको ३ करोडभन्दा बढीको कारोबार भएको थियो । आज साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर ६ प्रतिशतले बढेको छ । त्यस्तै युनियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन् । यस कम्पनीको करिब ६ प्रतिशतले शेयर मूल्य घटेको छ ।