काठमाडौं । पूर्वी जर्मनीमा रहेको विश्वप्रसिद्ध सङ्ग्रहालयबाट करिब एक अर्ब युरो अर्थात झण्डै १ खर्ब २६ अर्ब नेपाली रुपैयाँ मुल्य बराबरका बहुमूल्य गहनाहरू चोरी भएको छ। जर्मनीस्थित ड्रेसडेनमा रहेको उक्त राजकीय संग्रहालयबाट उक्त मूल्य बराबरको हिराका गहना चोरी भएको संग्रहायका निर्देशकले जानकारी दिएका हुन् । यो घटना दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा ठूलो भएको बताइएको छ ।
सो संग्रहालय डे«सडेनको शाही महलमा रहेको छ । सो संग्रहालयमा हात्तीको दाँत, सुन, चाँदी, हिराजडित ४ हजार भन्दा बढी गरगहना साथै अन्य सामान रहेको बताइएको छ । चोरी भएको गहनामा १८ औं शताब्दीका सेक्सोनी शासक आगस्टस द स्ट्रंग को आभुषणको संग्रहमा रहेको एक हिरा पनि रहेको बताइएको छ । गहना चोरी भएको दिन सो क्षेत्रमा विद्युत् अवरुद्ध भएको र सोही कारण संग्रहालयमा जडित अलाम पनि नबजेको बताएको छ ।
तर, संग्रहालयका रहेको क्यामेरामा २ जनाले झ्याल तोडेको दृश्य कैद भएको अनुसन्धान टोलीले जनाएको छ । प्रहरीका अनुसार बर्लिनको बोडे संग्रहालयबाट २०१७ मा २४ क्यारेटका १ सय ग्राम सुनको सिक्का चोरी भएको थियो । यी दुई चोरीका घटना सम्बन्धित हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको बीबीसीले जनाएको छ । घटना स्थानीय समयानुसार सोमबार बिहान ५ बजेतिर भएको हो। ड्रेस्डेन ग्रीन भल्टमा गहना चोरी भएपछि प्रहरीले अनुसन्धान र खोजी कार्य तीव्र पारेको छ। ती गहनालाई टुक्र्याएर बेचिन सक्ने अधिकारीहरू चिन्ता छ। प्रहरीले एक सन्दिग्ध व्यक्ति सुरक्षा क्यामराले खिचेको भिडिओमा देखिएको बताएको छ। तर, अझै पनि कोही पक्राउ परेका छैनन्।
-बिबिसी