राप्रपा नेपालको अध्यक्ष बने कमल थापा

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  २ : २४


काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाबाट बाहिरिएका कमल थापा राप्रपा नेपालको अध्यक्ष बनेका छन।

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि असन्तुष्ट रहँदै आएका थापालाई निर्वाचन आयोगमा दर्ता भइसकेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी दिइएको छ।

यसअघि नै दर्ता रहेको सो दलको अध्यक्षबाट लाक्पा शेर्पाले अध्यक्ष परित्याग गर्दै थापालाई अध्यक्ष बनाएका छन।

शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई अध्यक्षमा चयन गरेपछि सो को जानकारी आयोगलाई दिइएको हो।

यसैबीच, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा नेपालको अध्यक्षमा चयन भएकोमा कमल थापालाई बधाई दिएका छन।


प्रतिक्रिया दिनुहोस्