‘चिनियाँ सेना लद्दाख घुसेर गोठाला गर्नेहरुलाई धम्क्याउँछन्’

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ४ : २२


लद्दाख। चिनियाँ सेनाहरुले पछिल्लो केही दिनयता लद्दाखमा घुसेर त्यहाँ गाईबस्तु चराउने गोठाला गर्ने व्यक्तिहरुलाई धम्क्याउने गरेको त्यहाँकै स्थानीयले गुनासो गरेका छन्।

लद्दाखमा रहेका एक निर्दलीय पार्षद कोन्चोक स्टैनजिनले गत महिना २८ जनवरीमा चिनियाँ सेनाहरु पूर्वी लद्दाखमा देखा परेको बताएका छन्।

त्यहाँ भारतीय नागरिक भन्दै गाईबस्तु चराउनेलाई धम्क्याउनुका साथै चिनियाँ सेनाले गाईबस्तुलाई पनि त्यहाँको मैदानमा चर्न नदिएको उनको भनाइ छ।

भारतीय सेनाले यस विषयमा केही नगरेको पनि उनको गुनासो छ।

यसअघि हालै हिमाचल प्रदेशमा पनि चिनियाँ सेनाहरु देखा परेका थिए। त्यहाँका एक युवालाई झन्डै एकहप्ता नियन्त्रणमा लिएर चिनियाँ सेनाले छाडेका थिए।

लद्दाख र हिमाचल प्रदेशको सीमा क्षेत्रमा चीन र भारतबीच दशकौंयता सीमा विवाद छ। त्यस वरपरका क्षेत्रलाई चीन र भारतले आफ्नो भएको दाबी गर्दछन्। बीबीसीहिन्दी


प्रतिक्रिया दिनुहोस्